यस्तो छ विपिनको चार भिन्न रूप रहेको ‘हरि’ फिल्मको ट्रेलर


फिल्म पिच्छे फरक स्वरूप र अभिनयमा देखिदैं आएका अभिनेता विपिन कार्की अभिनित नयाँ फिल्म ‘हरि’को ट्रेलर रिज भएको छ। सार्वजनिक ट्रेलरमा कार्की भिन्न चार रूपमा देखिएका छन्।

सामाजिक ड्रामामा कार्कीको रहेको छ। फिल्ममा उनलाई तालिका अणुसार काम गर्ने एक पात्रका रूपमा प्रस्तुत गरिएको छ। फिल्म आगामी वर्ष जेठ ४ मा रिलिज हुनेछ।

सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.