कर्ण शाक्यको ‘हाम्रो नेता यस्तो होस्’ किताब बिमोचन


सकारात्मक सोच का अभियन्ता कर्ण शाक्यले लेखेको ‘हाम्रो नेता यस्तो होस् !’ किताब सार्वजनिक भएको छ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापा र एमाले नेतृ अस्टलक्ष्मी शाक्यले उक्त किताब सयुक्तरुपमा बिमोचन गरेका छन्।

शाक्यको जन्मोत्वसको अवसरमा किताब बिमोचन गर्दै गगन थापाले नेताहरुको जीवन सार्वजनिक हुने हुनाले आफ्ना कामहरु प्रति सजग रहनुपर्ने बताउँदै ‘क स का’े ले नेता प्रति जनताको धारणा कस्तो हुनु पर्छ भन्ने किताव प्रकाशन गरेर नेताहरुलाई आफ्नो भूमिका प्रति सचेत बनाएको बताए।

यस्तै महिला नेतृ अष्टलक्ष्मी शाक्यले नेताप्रति जनताको दृष्टिकोण बुझ्न र आगामी दिनमा आफुलाई मार्गदर्शन गर्न समेत पुस्तिकाले भूमिका निर्वाह गर्ने बताइन्।

कर्ण शाक्यले आफ्नो जन्मदिनमा समाजमा केही सकारात्मक कुरा दिने प्रयास स्वरुप यो पुस्तिका तयार पारि जन्म दिनमा विमोचन गरिएको बताउँदै समाज सुधार देश विकासको लागि सकारात्मक चिन्तन आवश्यक भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.