फिल्म ‘लिलिबिली’को अर्को गीत सार्वजनिक


फिल्म ‘लिलिबिली’को अर्को गीत सार्वजनिक गरिएको छ ।

‘हावा सरि‘’ बोलको गीतमा प्रदीप खड्का र प्रियंका कार्कीले अभिनय गरेका छन् । लिलिबिलीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेको छ। गीत टर्कीको स्थानबुल लगायतका ठाउँमा छायाँकन गरिएको थियो।

गीतमा एसडी योगीको संगीत र नेपाल आइडल प्रतिस्प्रर्धी मेनुका पौडेलको स्वर छ। गीतमा कोरियोग्राफी कविराज गहतराजले भरेका छन् भने, सिने पत्रकार दीपेन्द्र घिमिरेले गीत लेखेका हुन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रियंका र प्रदीपसँगै जसिता गुरुङ, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सले लगानी लगानी छन् । फिल्म यही चैत ३० गतेबाट प्रर्दशनमा आउदैँछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.