खेमको ‘केही गरी सकिन’ सार्वजनिक (भिडियो)


गायक खेम रिसालले ‘केही गरी सकिन’ गीतको भिडियो सार्वजनिक गरेका छन्।

सञ्चारकर्मी समेत रहेका खेमले आफ्नो गीतको भिडियो टेलिभिजन च्यानल र युट्युब मार्फत शुक्रबार एकैसाथ सार्वजनिक गरेका हुन्। गीत ‘थालनी’ एल्बममा समाविष्ट छ।

प्रेममा बिछोड हुँदाको पीडालाई समेटिएको गीत गायक आफैंले रचना गरेका हुन् भने संगीत मोहन मगरले दिएका छन्। भिडियोमा नयन सिंह र पुनम भण्डारीको अभिनय रहेको छ।

केदार धिताल भिडियोका निर्देशक हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.