ट्रेलरमा यस्तो देखियो भूताहा ‘सुनकेशरी’


अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनित ‘सुनकेशरी’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री शर्माले विदेशी हरर फिल्म हेर्ने युवा पुस्ताहरू धेरै भएको र त्यसैलाई मध्यनजर गर्दै ‘सुनकेशरी’ बनाएको बताएकी थिइन्। ऋचाले आफू पनि हरर फिल्मको फ्यान रहेको बताइन् ।

अर्पण थापा फिल्मका निर्देशक हुन्। अस्ट्रेलियामा छायाङ्कन गरिएको फिल्ममा ऋचाका अलावा रबिन्द्र झा, सन्नी ढकाल, लारेन लाफबर्ग लगायतका कलाकारको अभिनय रहेको छ ।

झन्डै २ करोड लगानीमा निर्माण भएको फिल्मका निर्माता ऋचा शर्मा, भीम न्यौपाने, शर्मिला सापकोटा हुन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगी रहेको छ भने रह शर्माको छायाङ्कन, इयान स्का्ट क्लेमेंटको सम्पादन रहेको छ । जेठ ११ गते फिल्म रिलिज हुदैँछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.