‘तिमीसँग’को शीर्ष गीतमा यस्तो देखियो साम्राज्ञीको रोमान्स! (भिडियो)


साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा अभिनित सिनेमा ‘तिमी सँग’को शीर्ष गीत रिलिज भएको छ ।

सार्वजनिक गीतमा साम्राज्ञी र आकाशको फिचरिङ छन्।  लेखु सहयात्रीले लेखेको गीतमा राहुल मुखर्जीको संगीत छ । गीतमा मधुरा बज्राचार्य र संगीतकार मुखर्जीको स्वर रहेको छ । गीतका कोरियोग्राफर शिशिर खति हुन् ।

शिशिर राणा निर्देशित प्रेमकथा ‘तिमी सँग’मा सुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.