हेर्नुस् कामेश्वरको ‘अमेरिका बोइज’को कमेडी टिजर


‘अमेरिकन बोइज’ फिल्मको टिजर सार्वजनिक भएको छ । फिल्मका निर्देशक प्रवेश पौडेल हुन्।

फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई श्रृष्टि कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सिबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण रहेको फिल्मका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के।सी रहेका छन् ।

चलचित्रमा कथा स्क्रीनप्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ । चलचित्रमा दिपक आर जे र जयन जे वाईवाको रहेको छ ।

सम्राट बस्नेतको द्वन्द रहेको चलचित्रको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज हुन ।  चलचित्र जेठ १८ देखी अल नेपाल रिलिज हुँदै छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.