मेमोरीको अंगालोमा पल शाह! (भिडियो)


नायक पल शाहको पछिल्लो म्यूजिक भिडियो सोमबार सार्वजनिक भएको छ। मेमोरी लावती लिम्बु र ताराप्रकाश लिम्बुको स्वरमा रहेको ‘तिम्रो अंगालोको कसम…’ बोलको म्यूजिक भिडियोमा पलले मेरोरीसँग अंगालोको कसम खाएका हुन्।

तारा प्रकाशकै संगीत रहेको गीतको निर्माता मिलन लिम्बु लावती छन्। गीतको एरेन्जर शाहस शाक्य छन्।

पल शाह र मेरोरीको अंगालोलाई राजिव समरले खिचेका हुन्।

भिडियो सिन्धुलीका रमाइला ठाउँहरुमा सुटिङ गरिएको छ।

लिम्बुको पहिलो गीत रहेको अंगालोको कसममा गरेको अभिनयसमेत पहिलो हो।

हेर्नुहोस् भिडियोमा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.