सांगीतिक बजारमा एउटा मार्मिक गीत


दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा पनि गीतको भिडियोको शैलीमा विविधता आउन थालेको छ। अहिलेको समयमा कभर गीतको प्रचलन निकै बढेको छ। दर्शक तथा श्रोताहरुले गीतलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने मापनको एक माध्यम बनेको छ कभर गीत ।

साहित्यका विभिन्न विधाहरुमा कलम चलाएर आफूलाई स्थापित गरिसकेका विपिन मर्म नेपाली सांगीतिक माहौलमा पनि आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत छन् । गीत मार्फत् नै केही अवार्ड हात पारिसकेका गीतकार मर्म यसपालि “माया ले…” बोलको निकै नै मार्मिक आधुनिक गीत लिएर आएका छन् । तिम्रो सधैँ राम्रो होस् भन्ने भाव समेटिएको छ गीतमा ।

गायक सागर अधिकारी “शरद” को आवाजमा रहेको उक्त गीतको संगीत विपिन घिमिरेले गरेका छन् । म्युजिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । रोहित विक्रम कार्कीको छायाङ्कनमा बनेको स्टुडियो कभर गीतको सम्पादन सुरेश राउतले गरेका छन् । उक्त स्टुडियो कभर गीत सङ्ग्स् नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाल स्टुडियो कभरमा सार्वजनिक गीतको म्युजिक भिडियो समेत चाँडै नै निर्माण गर्ने योजना रहेको गीतकार मर्मले जानकारी दिएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.