प्रतिभा प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

कवि फूलमान बललाई एक लाख राशीको ‘प्रतिभा पुरस्कार’

कवि फुलमान बललाई पुरस्कार प्रदान गर्दै वरिष्ठ कवि एवं प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँला।


नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले युवा कवि तथा पत्रकार फूलमान वल, कवि वेणु आचार्य र तीन संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

शनिबार प्रज्ञा भवन, काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवं मुन्धुमविद् बैरागी काइँलाले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

काँइलाले ताम्रपत्र र एक लाख नगद राशिसहितको प्रतिभा पुरस्कार कवि वललाई तथा बीस हजार राशि सहितको प्रतिभा सम्मान कवि आचार्यलाई प्रदान गरेका हुन्।

प्रमुख अतिथि काइँलाले सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढी, सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरी र डा. पारसमणि प्रधान शालिक निर्माण समिति जलपाईगुडी, पश्चिम बंगाल, भारतलाई प्रतिभा दशक सम्मान पनि गरे।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुर र प्रज्ञा प्रतिष्ठानकै मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले प्रतिभा प्रतिष्ठानले विश्वलाई भाषा, साहित्य, कला र सङ्गीतमा माध्यमबाट विश्वलाई जोड्ने काम गरिरहेको भन्दै यस्तो सत्कार्यले नेपालीको शिर ठाडो भएको उल्लेख गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.