श्रृष्टिको वायोपिक ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज


चिकित्सकको लावरवाहीले आफ्नो दृष्टि गुमाएकी ‘मोटिभेसन स्पिकर’ सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्म फागुन १८ गते रिलिज हुनेछ।

‘फिल्मले बरु मलाई दृष्टि दिएको छ । मेरा थप हजार आँखा खुलेका छन्’ट्रेलर रिलिज समारोहमा केसीले भनिन्, ‘फिल्म हेरेर सुझाव दिनुहोला ।’

यसैगरी बेनिशाले सृष्टिको भूमिका न्यायपूर्वक निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताइन् । ‘मेरो तर्फबाट शतप्रतिशत दिएको छु जस्तो लाग्छ । मेरो लागि यो भूमिकाले ठूलो अर्थ बोकेको छ ’, उनले भनिन्।

त्यस्तै निर्देशक चाम्सले सृष्टिको जीवन आफैमा फिल्मी भएकाले सिनेमा बनाउन जटिल नभएको बताएका थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.