फिल्म ‘जाइरा’मा नम्रता र अनुपको जोडी


फागुनको तेश्रो सातादेखि छायाँकन सुरु गर्ने गरी फिल्म जाइरा निर्माणको घोषणा गरिएको छ ।

ट्रेन्ड सिटर्स प्रा.लि.ले बनाउने लागेको फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्ने छन् ।

उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

फिल्म जाइरामा कलाकार नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.