‘डमरुको डण्डि बियो’को फस्ट लुक सार्वजनिक


फिल्म ‘डमरुको डण्डि बियो’को फस्ट लुक सार्वजनिक भएको छ।

फिल्म निमार्ण पक्षले कलाकार खगेन्द्र लामिछानेको २ वटा पोस्टर सार्वजनिक गरेको हो।

सम्बृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निमार्ण भइरहेको फिल्ममा लामिछानेसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल लगायतको अभिनय छ।

बिनोद गुरुङ र सुमी श्रेष्ठ घले फिल्मका निर्माता हुन् । पशुपतिप्रसाद, टलक जंग टुल्के र धनपति फिल्म लेखिसकेका लामिछानेले नै कथा लेखेका हुन् । फिल्मका निर्देशक छेतेन गुरुङ्ग हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.