‘यति यति पानी’ पछि ‘कृ’ को अर्को गीत सार्वजनिक


फिल्म ‘कृ’ को नयाँ गीत सार्वजनिक भएको छ।

राजधानीमा एक कार्यक्रम गरी फिल्म निमार्ण पक्षले ‘जानी नजानी माया’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको अधिकांश दृश्य स्कटल्याण्डमा खिचिएको हो । सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा निमार्ण भएको फिल्म माघ २६ गते रिलिज हुदैँछ।

‘कृ’ लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह निर्माताको रुपमा श्री पराजुली छन् ।

‘कृ’मा अनमोल, नवनायिका आदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.