‘प्रतिभा भए नयाँलाई फिल्मी क्षेत्रमा प्रशस्त स्थान छ’


संखुवासभाको चैनपुर पोखरी बजारमा जन्मिएकी रेखा लिम्बुले फिल्म तारेभिरबाट फिल्मी यात्रा सुरु गरिन्।

२५ वटा भन्दा बढी गीतमा मोडलिङ गरेपछि फिल्मी क्षेत्रमा आएकी उनले अब अर्को फिल्ममा समेत अभिनय गर्दैछिन् ।

कलाकार शिव   श्रेष्ठले निमार्ण गर्न लागेको नयाँ फिल्ममा उनी आबद्ध भएकी छिन्। ४ वर्षअघि धरानका गायक अगेन लिम्बुको ब्याण्डबाट उनले म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।

उनी तेक्वान्डो खेलाडी समेत हुन्। फेसन डिजाइनर र मेक अप आटिष्टमा उनको रुची छ ।

धरानमा उनले दिदीसँग मिलेर ब्युटिकसमेत खोलेकी छन् ।

‘फिल्मी क्षेत्रमा आउने सोच बच्चादेखि नै थियो, ‘उनले भनिन् ‘संखुवासभामा हाम्रो फिल्म हल थियो। पर्दा भित्र कसरी पस्ने होला, कसरी अभिनय गर्ने होला भन्ने उत्सुकता हुन्थ्यो। ‘

नयाँ प्रतिभाहरुका लागि फिल्मी क्षेत्रमा कस्तो स्थान पाउनुभयो भन्ने प्रश्नमा लिम्बुले भनिन् ‘नयाँलाई अहिले धेरै स्थान छ, तर मेहनतको खाँचो छ।  पहिलाको तुलनामा अहिले फिल्मी क्षेत्रमा अभिनय गर्ने र लगानी गर्नेहरुपनि धेरै शिक्षित र फिल्मी कोर्ष पढेरै आउनेहरु पनि धेरै छन्।’

तारेभिरसँगै आफूहरुलाई केही फिल्ममा अफर आइरहेता पनि ह्वात्तै हाम फालि नहालेको उनले बताइन् । फिल्मी क्षेत्रमा लागेपछि होसियारी भएर काम गर्नुपर्ने उनले सुनाइन्।

उनी ५ वर्षअघि धरानमा भएको मिस लिम्बुमा सहभागि भएकी थिइन् । त्यसताका उनले वेष्ट स्क्रिन अर्वाड हात पारेकी थिइन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.