विपिन स्टारर ‘नाका’को ट्रेलर रिलिज


विपिन कार्की स्टारर ‘नाका’को ट्रेलर रिलिज भएको  छ । फिल्मपिच्छे फरक भूमिकामा देखिने विपिन कार्की ‘नाका’मा पनि फरक रूपमा देकिएका छन्।

नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट हुने अवैध व्यापार र गुण्डागर्दीको कथामा फिल्म बनेको छ। फिल्ममा  विपिनका अलवा रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ । अमित श्रेष्ठको लेखन/निर्देशन रहेको सिनेमाको पटकथा अभिषेक सुवेदीले तयार पारेका हुन ।

‘नाका’ फाल्गुन १७ गतेबाट राजधानी बाहिर र १८ गतेबाट उपत्यकामा रिलिज हुनेछ ।

ट्रेलरसँगै फिल्मको भिडियो गेम पनि सार्वजनिक गरिएको छ । जहाँ विपिनको ‘गोल्डी’ क्यारेक्टरलाई फिचर गरिएको छ । दर्शकका लागि भने सिनेमा रिलिज भएपछि मात्र उक्त गेम सार्वजनिक हुने जानकारी दिइएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.