अनिल शाहीको ‘मेरो मनले’ सार्वजनिक


संगीतकार अनिल शाही नबोदित गायिका प्रतिभा शाहीसँगै गायकका रुपमा स्रोत दर्शकबीच आइपुगेका छन् ।

‘मेरो मनले’ बोलको नयाँ म्युजिक भिडियोमा अनिल शाहीलाई गायकका रुपमा मात्र होइन मोडलका रुपमा पनि देख्न सकिन्छ । कुशल संगीतकार र गीतारबादक शाही गायकका रुपमा दर्शक‍ श्रोता माझ आएका हुन् ।

मेरो मनले तिम्रो प्रित चोर्यो भने मलाई माफ गरिदिनू..बोलको गीतले संगीताकार शाही सुमधूर स्वरका गायक पनि हुन् भन्ने पुष्टि गरिदिएको छ । नविन श्रेष्ठको गीतमा संगीत अनिल स्वयंको छ ।

गायिका प्रतिभा शाहको पहिलो प्रस्तुति हो ‘मेरो मनले’ । बेलायतको म्यानचेस्टरमा बस्ने प्रतिभा पेशाले नर्स हुन् । नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा पोख्त छिन् । तर उनको पहिलो प्रस्तुति भने आधुनिक सुगम संगीतमार्फत दर्शक स्रोतमाझ आएको छ ।

प्रतिभा शाहले निर्माण गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीले नै गरेका हुन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.