सुनिए दुर्गा दाहाल र अमृता स्मृति

कविता प्रस्तुतिपछि तस्वीर खिचाउँदै कविद्वय दुर्गा दाहाल र अमृता स्मृति।


कवि दुर्गा दाहाल र अमृता स्मृति ‘हामी: कवि र कविता’ को ५३ औं शृंखलामा प्रस्तुत भए का छन्। लुनकरणदास गंगादेवी साहित्य कला मन्दिर र सर्वनाम थिएटरले  महिनाको पहिलो दिन गर्दै आएको कार्यक्रमकाे यस अ‌ंकमा कविद्वयले अा–अाफ्नाे प्रस्तुति दिएका हुन्।

सुरूवातमा कवि अमृताले ‘चिहानको यात्री’ सुनाउँदै शृंखलाको सुरुवात गरिन्। त्यसपछि उनले ‘जवाफ कहिल्यै आएन’, ‘सेतो संग्रहालय’, ‘ट्रेलर’, ‘प्रेम’, ‘फूलहरू जान्दैनन् युद्ध गर्न’, ‘नयाँ सपना’, ‘बादलको वीर्य’ लगायतका कविता सुनाइन्। उनको ‘फूलहरू जान्दैनन् युद्ध गर्न’ कविताले गतवर्ष नेपाल प्रज्ञा प्रतिष्ठानका राष्ट्रिय कविता प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो।

दोस्रो चरणमा प्रस्तुत भएका कवि दुर्गाले केही पुराना र नयाँ  कविताहरू सुनाए । उनले ‘कुरुक्षेत्रमा’, ‘बाकस’, ‘देश बस्ने कविता लेख कवि’, फलामको मान्छे’, ‘एउटा धर्ती देखेँ मैले’ कविता सुनाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.