‘लिलिबिली’मा जसितासँग यस्तो छ प्रदिपको रोमान्स (भिडियो)


प्रदीप खड्का अभिनित ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक भएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले डेब्यू अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् ।

‘इज ईट लभ?’ बोलको गीतमा नेपाल आइडलमा तेस्रो भएका प्रताप दास र गायिका मेलिना राईको युगल स्वर रहेको छ स्वर दिएका छन् । एलिस कार्कीले संगीत भरेको गीतलाई राजेशकुमार श्रेष्ठले लेखेका हुन्। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

यसअघि चैत ३० मा रिलिज हुने भनिएको फिल्मले पूर्वनिर्धारित रिलिज मिति केहि दिन अगाडी स्थगित गरेको थियो। निर्माण टिम नयाँ रिलिज डेट छिट्टै नै सार्वजनिक गर्ने बताएको  छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.