चितवनमा ‘ऐलानी’माथि परिचर्चा


विवेक ओझाको उपन्यास ‘ऐलानी’ माथि चितवन साहित्य परिषद्ले शनिबार परिचर्चा गरेको छ।

उपन्यासमाथि द्वारिका नेपाल, लक्ष्मी बराल र बाबु त्रिपाठिले आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बाेल्दै  नेपालले ऐलानी समाजको एक यथार्थ दस्तावेज भएकाे  जिकिर गरे। यस्तै लक्ष्मी बरालले  एेलानी पढिरहँदा आफू समेत कथाकै परिवेशमा पुगेको र  भावुक भएको कुरा बताइन्।

उपन्यासमाथि बाेल्दै  लेखक बाबु त्रिपाठीले  पुस्तकले उठाएको प्रश्नको व्याख्या र व्यंग निकै गहिरो रहेको  साथै यसमा  एक अब्बल पुस्तकमा हुने स्वाद रहेको बताए।

वादी सुमुदायमाथि केन्द्रीत भएर लेखिएको उपन्यास ‘एेलानी’ सांग्रीला बुक्सले बजारमा ल्याएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.