यस वर्षकाे पहिचान पुरस्कार ‘भुइँया’लाई


पत्रकार एव‌ं लेखक  यज्ञशकाे पुस्तक  ‘भूइँया’ लाई  यस वर्षको ‘पहिचान पुरस्कार’ प्रदान गरिने भएको छ।  पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ।

पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार कोषले आउँदो चैतकाे  पहिलो साता पुरस्कार प्रदान गर्नेछ।‘देशको एकात्मक अनुहारलाई बहुल बनाउन गरिएको उनीहरुको संघर्ष नै पहिचानको आन्दोलन भएकोले भुइँयालाई यस वर्षको पहिचान पुरस्कार दिने निर्णय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

यसअघि पहिचान पुरस्कार राजन मुकारुङकाे निबन्ध स‌ंग्रह  ‘फेरिँदो सौन्दर्य’ र  अर्जुन खालिङकाे  कविता संग्रह ‘गोयाङको सुगन्ध’लाई प्रदान गरिएको थियाे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.