‘पण्डित बाजेको लौरी’ बन्ने


‘पन्डित बाजेको लौरी’ फिल्म निर्माणको घोषणा भएको छ। अधृत फिल्मस् प्रालीले एक कार्यक्रमका बिच फिल्म निर्माणको घोषणा गरेको हो।

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् ।

एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेट्ने निर्देशकले जानकारी दिएका छन्।

महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.