‘काव्य गुञ्जन’मा एकैसाथ सुनिए पाँच स्रष्टा


‘दश रुपियाँ ऋृण तीर्न नसकेर 

साहुकाे अल्टिमेटम सुनिरहँदा पनि

कहिल्यै साेच्नुभएन बा’ले

छाेरीलाई कमलरी राख्न पाए…’

कवि नरेन्द्र कुमार नगरकाेटीले कविताका यी हरफहरू वाचन गरिरहँदा हल तरंगीत बनिरहेकाे थियाे। गृहजिल्ला काभ्रेपलाञ्चाेकमा अाफ्नाे विशेष रचना वाचनकाे याे क्षणले कवि नगरकाेटी स्वयंलाई पनि भावुक बनाइरहेकाे थियाे।

सन्दर्भ थियाे, काव्य गुञ्जन समूहकाे अायाेजनामा  शनिबार बनेपामा  गरिएकाे पाँच जना स्रष्टाहरूकाे रचना वाचन कार्यक्रम। कार्यक्रममा पाँच जना फरक विधाका स्रष्टाहरूले अा–अाफ्ना रचना सुनाएका थिए। कवि नरेन्द्र कुमार नगरकाेटी,  विष्णु पाैड्याल (अल्पविराम), गजलकार प्रदिप मैनाली, सजना अाचार्य र मुक्तककार  रुद्र अधिकारीले रचना वाचन गरेका हुन्।

कवि नगरकाेटी र अल्विपरामले अाफ्ना चारचार वटा कविता वाचन गरे भने गजलकार प्रदीप मैनाली बहरमा लेखिएकाे अाफ्ना छ वटा गजल सुनाए। काभ्रेकै अर्की स्रष्टा सजना अाचार्यले पनि छवटा गजल सुनाइन् भने रुद्र अधिकारीले दशवटा मुक्तक वाचन गरे।

काव्य गुञ्जन समूहका संयाेजक अदिप अधिकारीले बनेपालाई  केन्द्र बनाएर साहित्यमा नयाँ शैलीकाे कार्यक्रमकाे थालनी गरेको बताए। उनका अनुसार काव्य गुञ्जनकाे अागामी महिनाका श्रृंखलाहरुमा राष्ट्रिय रुपमा प्रतिष्ठित  कविहरूलाई उभ्याइने तयारी रहेकाे छ।

बनेपामा सम्पन्न यस कार्यक्रममा सहभागीता जनाउन जिल्लाका अन्य स्थानबाट पनि उल्लेख्य स्राेताहरूकाे सहभागीता रहेकाे थियाे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.