‘बातलाबा’ मा कवि भूपीमाथि चर्चा


पुस महिनाको ‘बातलाबा’ श्रृंखलामा कवि भूपी शेरचनका कविताहरूको वाचन तथा  कवित्वबारे विमर्श सम्पन्न भएकाे छ।

कविता वाचन तथा परिचर्चा कार्यक्रममा प्रमुख वक्ताकाे रुपमा रहेकी  कवि कुन्ता शर्माले भूपीका कविता वैचारिक भए पनि महिलाप्रतिकाे दृष्टिकाेणमा केही कमजाेरी रहेकाे उल्लेख गरिन्। त्यस्तै अर्का प्रमुख वक्ता कवि विनाेदविक्रम केसीले  भूपिकाे कविता प्रेमले पढिएकाे स्मरण गर्दै नयाँ पुस्तामा उनकाे प्रभाव ज्यादा रहेकाे बताए।

त्यस्तै भूपीसँग प्रत्यक्ष सामिप्यता राख्ने कवि श्यामलले उनकाे कविता वाचन गर्दै केही  प्रसङ्गहरू पनि सुनाएका थिए। उनका अनुसार भूपीले पीडित वर्गप्रति माया दर्शाउँदै प्रतीक र बिम्बकाे नयाँ प्रयाेग गरेकाे जिकिर गरे।

कार्यक्रममा भूपीकाे कवितालाई  समकालीन कविहरू  विमला तुम्खेवा,  दीपक सापकाेटा, विश्व सिग्देल, विष्णु ज्ञवाली, लक्ष्मी रुम्वा, गणेशकुमार राई, केवल विनावी, जिचेन स्याङ्तान, सुनिता खनाल, रसुवाली कवि, चेतनाथ धमला लगायतले वाचन गरेका थिए।

‘बातलाबा’ ले हरेक महिना कला साहित्यकाे क्षेत्रमा रहेर नवीन बहस एव‌ं परिचर्चा गर्ने गरेकाे कवि केशव सिलवालले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.