कृष्ण ढुङ्गेलको ‘मिराज’ सार्वजनिक


लेखक एवं उपन्यासकार कृष्ण ढुङ्गेलको पहिलो उपन्यास ‘मिराज’ सार्वजनिक भएको छ।

डिकुरा प्रकाशनबाट प्रकाशित उपन्यासलाई भृकुटीमण्डपमा आयोजित बृहत पुस्तक मेलाको अवसरमा सार्वजनिक गरिएको हो। ‘मिराज’मा प्रेम र जीवनको आधुनिक झलक उद्घाटित भएको लेखक एवं प्रकाशक पुण्यप्रसाद प्रसाईँले बताए। उनका अनुसार प्रेमको विषयमा यति सशक्त उपन्यास नेपाली भाषामा आउनु खुसीको कुरा हो।

यस्तै पहिलो पुस्तकबाट नै आफूलाई उत्साह मिलेकाले लेखनमा थप उर्जा मिलेको लेखक ढुङ्गेलले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.