पोखराको क्रिष्टल क्लजले जित्यो ‘मिस्टर झोले’को कभर भिडियो उपाधि


‘मिस्टर झोले’ फिल्ममा समावेश ‘ओखती’ गीतमा गरिएको ‘कभर भिडियो’ प्रतियोगितामा पोखराको क्रिष्टल क्लज नृत्य समूहले पहिलो पुरस्कार हात पारेको छ।

समूहलाई फिल्म निर्माण समूहले सोमबार एक कार्यक्रमा बीच विजयी घोषणा गर्दै नगद एक लाख पच्पन्न हजार रुपैयाँ  प्रदान गरेको हो। प्रतियोगितामा कुल २५ भिडियोले प्रतिष्पर्धा गरेका थिए। यसैगरी प्रतियोगितामा काठमाडौंको किसन एण्ड डान्स क्रू दोस्रो र इटहरीको डाइनामिक ग्रुप तेस्रो भएको छ।

उनीहरूले क्रमश: नगद एक लाख पच्चिस हजार तथा एक लाख पाँच हजार रुपैयाँ जिते। कार्यक्रममा फिल्म निर्माण पक्षले विजेताहरूको छनौट ‘कन्सेप्ट’ र ‘पर्फर्मेन्स’को आधारमा गरेको जानकारी दियो।

‘कबड्डी’ फेम रामबाबु गुरूङ निर्देशित फिल्म पुस २८ गते रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, दिया पुन, विजय वराल, प्रविण सापकोटा, पुस्कर गुरूङ, वर्षा राउत आदिको मुख्य अभिनय रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.