मोरङमा सुरू भयो ‘दिल्ली टु दुबई’


नाटक ‘दिल्ली टु दुवई’ शुक्रबार देखि मोरङमा सुरु भएको छ। नाटक महिला हिंसा न्युनिकरणमा कस्तो प्रभाव पार्छ भन्ने अनुसन्धानको शिलशिलामा सुरु गरिएको हो।

एक्टर्स स्टुडियोको प्रस्तुती रहेको यस नाटक तयार पार्नमा स्विडेनको लिनियस विश्वविद्यालय र काठमाडौं मेडिकल कलेजले सहकार्य गरिरहेको निर्देशक अनुप बरालले बताए। लिनियस विश्वविद्यालयबाट अनुसन्धानकर्ता प्रणव दाहालका अनुसार यो अनुसन्धान साविकका २० गाविसमा दुई वर्ष अघिदेखि नै सुरु भएको हो। दश गाविसमा यसअघि नै सोही विषयमा दुई चरणमा फरकफरक नाटक मञ्चन भैसकेको छ।

‘तेस्रो चरणको यो मञ्चन सकेपछि नाटक मञ्चन गरिएका साविकका १० गाविस र नगरिएका १० गाविस बीच तुलनात्मक मुल्यांङन गर्नेछौं’ दाहालले भने। अनुसन्धान त्यसपछि मात्र नाटकको प्रभावका बारेमा नतिजा नजिक पुग्नेछ।

नाटक शुक्रबारबाट जिल्लाका तेतरिया, झुरकिया, केराबारी, अमरदह, केरौन, डागिहाट, बबियाबिर्ता, बाहुनी, याङशिला र गोबिन्दपुरमा मञ्चन गरिने एक्टर्स स्टुडियोले जनाएको छ।

नाटकमा कलाकारहरू दिया मास्के, कमल देवकोटा, अनुज पाण्डे, मनिष निरौला,  विनिता थापा मगर, प्रेमवर्षा खड्का, सुरज मल्ल आदिले अभिनय गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.