फ्राइडे रिलिज : केकी-नाजिर भर्सेज ‘इकु’


शुक्रबार नेपाली वक्सअफिसमा दुई नेपाली फिल्म ‘राज्जा रानी’ तथा ‘फिर्के’ रिलिज भएका छन्। ‘राज्जा रानी’ सोसल ड्रामा फिल्म हो भने ‘फिर्के’ कमेडी फिल्म हो।

तराई क्षेत्रमा रहेको दाइजोका कारण छोरीले भोग्नुपरेको दाइजो हिंसामा ‘राज्जा रानी’ आधारित छ। फिल्मको शिर्ष पात्रमा नाजिर हुसौन तथा केकी अधिकारीको अभिनय रहेको छ। यम थापाको निर्देशकिय डेब्यू फिल्ममा केकी तथा नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ। फिल्ममा नायिका रेखा थापाले विशेष भूमिकामा अभिनय गरेकी छन्। फिल्म मैथिली भाषामा सकेत रिलिज भएको छ।

त्यस्तै ‘ईकु’ नामबाट दर्शकहरूमा चर्चित रहेका सुलेमान शंकर निर्देशित ‘फिर्के’ले शहर आएपछि एउटा ग्रामिण युवकले गर्ने संघर्षको कथा हास्य रसमा पस्केको छ। हास्य कलाकार रवि डँगोलको निर्देशकिय डेब्यू फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.