‘कान्छी’को अर्को गीत सार्वजनिक


फिल्म कान्छीको अर्को गीत सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो बोलको गीत सार्वजनिक भएको हो। गीतमा धमेन्द्र सेवानको स्वर छ। श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म कान्छीमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

फिल्ममा दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्तशर्मा, भूमिका श्रेष्ठको नृत्य छ ।आकाश अधिकारीको निर्देशन रहेको कान्छी आउँदो फागुन ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

कान्छीको पहिलो गीत चरी चट्ट परी गीत यसअघि सार्वजनिक भइसकेको छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.