‘राज्जा रानी’ हेरेपछि लालबाबु पण्डितले दिए यस्तो प्रतिक्रिया


बुधबार राजनधानीमा सम्पन्न भएको ‘राज्जा रानी’ फिल्मको प्रिमियरमा फिल्मले तारिफ बटुलेको छ।

नेपालको तराईमा रहेको दाइजो प्रथाले गर्दा नारीले भोग्नुपरेको हिंसामा सम्बन्धित  कथामा आधारित फिल्मले प्रिमियरमा राम्रो तारिफ बटुलेको हो।

प्रिमियरमा उपस्थित एमालेका चर्चित नेता सासंद एवम पूर्व मन्त्री लालबाबु पण्डितले  फिल्ममा मधेशको एक ठूलो समस्यालाई उजागर गर्नमा फिल्म सफल भएको भन्दै फिल्मको प्रशंसा गरे। उनी पत्नीसहित फिल्म हेर्न आएका थिए।

‘छोरीमाथी हुने अत्याचार र दाइजो प्रथाको कथा बोलेका कारण फिल्मको प्रस्तुती मलाई साह्रै राम्रो लाग्यो’, पण्डितले भने।

उनले केकी अधिकारी तथा अभिनेता नाजिर हुसौनको कामको तारिफ गरे। यस्तै उनले यस्ता फिल्मलाई राज्यले आयकरमासमेत छुट दिनुपर्ने समेत बताए। फिल्म हेर्ने अधिकाशंले फिल्मको कथा मनपरेको प्रतिक्रिया दिएका थिए।

यम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्। फिल्म शुक्रबारबाट मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ।

फिल्ममा केकी र नाजीरका बाहेक कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरूको पनि अभिनय छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.