‘ह्याप्पी डेज’को पोस्टर सार्वजनिक


फिल्म  ‘ह्याप्पी डेज’ले पोस्टर रिलिज गरेको छ ।

निर्माण टिमले फिल्मको ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।

मिलन चाम्स निर्देशित सिनेमा नोभेम्बरमा बेलायत प्रिमियर भएको थियो ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित फिल्ममा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ ।

​ फिल्म माघ १२ मा  रिलिज मिति तोकिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.