फिल्म ‘गाँजाबाजा’ फागुन २५ गतेबाट रिलिज हुने


फिल्म गाँजाबाजा फागुन २५ गते रिलिज हुने भएको छ।

फिल्म निमार्ण पक्षले फागुन २५ गतेदेखि फिल्म देशभर एकैसाथ चल्ने बताएको छ।

डिआर फिल्मस र टुका इन्टरनेन्टमेन्ट प्रालिलको ब्यानरमा फिल्म बनाइएको हो । चलचित्र विकास बोर्डको झमेलापछि बल्ल २ वर्षपछि फिल्म प्रर्दशन आउन लागेको निमार्ण पक्षले जनाएको छ।

सेन्सरसिपका नाममा बोर्डले अनावश्यक झमेला दिएको निमार्ण पक्षले आरोप लगाएको छ।

फिल्ममा बर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतकाको अभिनय छ। फिल्म निमार्ण पक्षले ह्याप्पी ह्याप्पी मुड बोल रहेको गीत समेत सार्वजनिक गरेको छ।

गणेशदेव पन्तको लेखनमा रहेको फिल्मको निर्देशन पनि उनैले गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.