‘राज्जा रानी’को देश दौडाहा, केकीसँग यसरी नाचे लालबाबु पंडित


शेखर कोइरालालाई हालै सम्पन्न निर्वाचनमा हराएर राष्ट्रिय चर्चामा छाएका एमाले नेता एवम पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले अभिनेत्री केकी अधिकारीसँग मंगलबार कम्मर भाँचे।

पुस २१ गते रिलिज हुने ‘राज्जा रानी’ फिल्मका माध्यमबाट तराईमा रहेको बालबिबाह र दाइजो विरोधी अभियानमा जोडिएकी केकीसँग पंडितले सो कार्यक्रमको हिस्सा बन्दै मंगलबार नाचेका हुन्। कार्यक्रममा नाच्ने काम मात्र भएन,लालबाबुको ठूलो फ्यान समेत रहेकी केकीले हजार रूपयाँको नोटमा पंडितको अटोग्राफसमेत लिन भ्याइन।

पंडितले पनि कार्यक्रममा केकीको सौन्दर्यको प्रशंसा गरे। पंडित विराटनगर १२ स्थित बखरी बँगौचामा भएको कार्यक्रममा प्रमुख अतिथि थिए। सो ठाँउ पंडितको निर्वाचन क्षेत्रमा पर्छ।

कार्यक्रममा बोल्दै पंडितले फिल्मलाई जनचेतनासँग जोड्ने गरी अगाडी बढेकोमा फिल्म टोलीलाई धन्यवाद दिदैं पंडितले वाम सरकार बनेपछि दाइजो प्रथालाई निरउत्साहित गर्न बेहुलीको परिवारलाई दश हजार रूपयाँ दिने व्यवस्था मिलाउने बताए।

कार्यक्रममा अभिनेत्री केकीसँगै अभिनेता नाजिर हुसौन सहभागी भएका छन्। यम थापा निर्देशित फिल्मलाई भोर नामक संस्थाले जनचेतनाका लागि जोडेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.