जुनी जुनीलाई गायक सरोजको नयाँ गीत ‘कालो बादल’ रिलिज


‘जुनी जुनीलाई मेरी उनीलाई’ बोलको गीतबाट एक समय राम्रो लोकप्रियता बटुलेका गायक सरोज दत्तको नयाँ गूत रिलिज भएको छ। उनको ‘कालो बादल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दत्तका  ‘दिन ढल्यो रात बित्यो’, ‘ओठदेखि’, ‘चरी उड्यो आकाश मै भरर’ र ‘भैगो’लगायतका गीतले एकसमय दर्शक श्रोताको मन राम्रो गरी जितेको थियो। सरोजले यस गीतलाई गीत ‘भयंकर व्याण्ड’को कम्पोजिसन तथा उत्पादनमा बजारमा ल्याएका हुन्।

भिडियोमा अम्बिका अधिकारी र बाम्बे आने मर्लिनले फिचरिङ छन् । उग्रडिजाइन डटकमले सम्पादन र निर्देशन गरेको भिडियोलाई पुरानो शैलीमा देखाउन विभिन्न इफेक्ट्सहरुको प्रयोग गर्दै श्यामस्वेतमा निर्माण गरिएको छ ।

व्याण्डमा बेस गीतारमा रोविन तामाङ, लिड गितारमा अनुपम राई, रिदम गितारमा सिद्धार्थ विष्ट र ड्रममा सुलोभ त्रिपाठी छन्। भिडियोमा सञ्जीवनी राईको विशेष सहयोग छ। भिडियोलाई व्याण्डले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो। गीतको रेकर्डिङ अमेरिकाको कोलोराडोमा रहेको माउण्ट गोर्खा स्टुडियोमा गरिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.