समिरको ‘स्टाईल यस्तै छ… #NepalVotes #NepalElection2017 समिरको ‘स्टाईल यस्तै छ…

समिरको ‘स्टाईल यस्तै छ…


‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट संगित क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समिर आचार्य निरन्तर संगीत कर्ममा छन्।

युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समिरले पछिल्ले समयमा फेरि यस्तै हंगामा पिटेका छन्, नेपाली संगीत क्षेत्रमा। ‘मेरो स्टाईल यस्तै छ…’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समिरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ।

‘अहिलेको युवा पुस्ताको मनोभावलाई मुल्यांकन गरेर उनीहरुको मनको गीत बनाउन खोजेको छु,’ गायक समिरले भने ‘अहिलो राम्रो रेस्पोन्स आईरहेको छ ।’ तीन दिनअघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ।

‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुती युएस खवर मिडिया नेटवर्कले गरेको हो। थारू र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ। अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीताका लागि पनि यो गीत छानिएको छ ।

हाल अष्ट्रेलियामा रहेका गायक समिरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

हेरौँ , समिरको नयाँ गीतको भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.