साहित्यकार सरुभक्तलाई मातृशोक


प्रसिद्ध साहित्यकार सरुभक्तलाई मातृशोक परेको छ।

८२ वर्षीया उनकी आमा लक्ष्मीमाया श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान निधन भएको थियो।

पोखरा निवासी उनी लामो समयसम्म मुटुरोग र निमोनियाबाट ग्रस्त थिइन्।

सरूभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति पनि हुन्।

तीन वर्षअघि उनकाे पिताकाे पनि निधन भइसकेकाे छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.