अनेसासले गर्‍यो पुरस्कार घोषणा, धरावासीको ‘ग्रेट फल्स’ सर्वोत्कृष्ट पुस्तक


अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)ले विभिन्न पुरस्कारहरूको विजेता स्रष्टाको नाम घोषणा गरेको छ।

विभिन्न शीर्षकका तेह्रवटा पुरस्कारहरूको घोषणा गरेको संस्थाले लेखक कृष्ण धरावासीको कृति ‘ग्रेट फल्स’लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार दिने भएको छ। उक्त पुरस्कारको राशी १५०० अमेरिकी डलर रहेको छ।

त्यस्तै ‘डा. श्याम कार्की र इन्दिरा कार्की अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार’, लेखक मीनराज वसन्तको उपन्यास ‘मुदीर’लाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशी ५०० अमेरिकी डलर रहेको छ।

अन्य, पुरस्कारहरूमा सर्वोत्कृष्ट डायास्पोरिक नारी पुरस्कार भारती गौतमको ‘अमेरिकामा आमा’लाई, सर्वोत्कृष्ट नारी साहित्य पुरस्कार पद्मावती सिंहको ‘निशब्द यात्रा’लाई तथा सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कार सुदीपभद्र खनालको ‘भुर्इँ फूलको गीत’ पुस्तकलाई प्रदान गरिने भएको छ।

 

यसैगरी सर्वोत्कृष्ट गजल पुरस्कार– रामजी घिमिरेलाई, भाषा साहित्य पुरस्कार– सागर मुखियालाई, गोवर्धन पूजा सर्वोत्कृष्ट भाषा साहित्य पुरस्कार– कल्पना सत्याललाई, नव प्रतिभा पुरस्कार– गुणराज लुइँटेललाई, सर्वोत्कृष्ट नियात्रा लेखन पुरस्कार– नगेन्द्र न्यौपानेलाई प्रदान गरिने बताइएकाे छ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, प्रवासमा रहेर पनि स्वदेशी भाषा साहित्यको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको संस्था हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.