‘मिस्टर झोले’को कभर भिडियो प्रतियोगिता #NepalVotes #NepalElection2017 ‘मिस्टर झोले’को कभर भिडियो प्रतियोगिता

‘मिस्टर झोले’को कभर भिडियो प्रतियोगिता


फिल्म  ‘मिस्टर झोले’ले प्रचारको लागि यसले कभर भिडियो प्रतियोगिता अगाडि सारेको छ । केही समय अगाडि रिलिज ‘ओखती’ बोलको गीतलाई डान्स र ड्रामा दुवै विधामा प्रतियोगिता आव्हान गरिएको छ ।

पुष २३ गते (जनवरी ७)मा विजेता घोषणा हुने प्रतिस्पर्धाको लागि कभर भिडियो स्पर्धा सुरु भएको छ । अब जो कोही इच्छुकले कभर भिडियो बनाई पुष २१ गते (जनवरी ५)सम्म ([email protected]) मा मेल गरेर भाग लिन सकिनेछ ।

यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगद पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

रामबाबु गुरुङको कथा/निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको सिनेमामा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ। फिल्म पुष २८ गते रिलिज हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.