‘झ्यानाकुटी’को नयाँ गीत ‘भो मलाई चाहिँदैन’ सार्वजनिक (भिडियोसहित)


आउँदो शुक्रबार रिलिज हुने चलचित्र ‘झ्यानाकुटी’को नयाँ गीत ‘भो मलाई चाहिँदैन’ सार्वजनिक भएको छ।

गीतमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरूङ फिचरीङ गरेका छन्।

प्रदीप भारद्वाजको शब्द, विकास चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको यस गीतलाई धम्पुसको रमणीय दृश्यमा छायांकन गरिएको बताइएको छ।

फिल्ममा निशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको छ भने निर्देशकमा सिमोश सुनुवार रहेका छन्। गीतमा बेनिशा नहुँदा सौगातले भोगेको पीडालाई कोरियोग्राफीको माध्यमबाट देखाउन खोजिएको छ।

श्रीमान् र श्रीमतीको कथालाई देखाइएको फिल्ममा सौगात, बेनिशा र सुमी लिड मुख्य भूमिकामा छन्। चलचित्रबारे बोल्दै सौगात मल्लले भने, ‘ गीत कथासँगै बगेर आउने भएकाले राम्रो भयो। श्रीमती नहुँदा कति गाह्रो हुन्छ बच्चालाई हुर्काउन भन्ने यसमा देखाइएको छ। यसमा हामीले गीतको लागि छुट्टै कहीँ जाने भन्दा पनि हाम्रो फिल्मकै परिवेशमा तयार गरेका छौँ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.