ध्रुवसत्यको कथाकृति ‘कैरन’ सार्वजनिक


फरक धारणा सहितका विषयवस्तु राखेर कथा लेख्ने कथाकार ध्रुवसत्य परियारको पहिलो कथासङ्ग्रह ‘कैरन’को विमोचन भएको छ।

मण्डला थिएटरमा शनिबार आयोजित कार्यक्रममा लेखक एवं विश्लेषक आहुति, लेखक अर्चना थापा र पत्रकार गुणराज लुइँटेलले पुस्तकको विमोचन गर्दै अन्तरक्रिया समेत गरे।

कथासङ्ग्रहमा उत्पीडित समुदायको मुक्तिको सपना रहेको लेखक एवं चिन्तक आहुतिले बताए। उनले थपे, ‘कथाकारमा निडर स्वभाव र फरक मत राख्न सक्ने क्षमता भएकाले उनका कथामा उठाइएका मुद्दाहरू पनि समयसापेक्ष छन्।’

कार्यक्रममा बोल्दै नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले भने, ‘जहिले पनि पृथक विषयमा विचार गर्न मन पराउने कथाकार ध्रुवसत्यले आफ्नो सशक्त भाषिक क्षमताको प्रदर्शन कैरनमा गरेका छन्।’

त्यस्तै, लेखक अर्चना थापाले कथाभित्र रहेका मिहीन प्रसङ्का चर्चा गर्दै आधुनिक समाजसँग तिनको चर्चा गरेकी थिईन्।

कथासङ्ग्रह सांग्रीला बुक्सले प्रकाशन गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.