रुस्लान वेभ रक टुर आजबाट सुरु


नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ ।

रुस्लान वेभ रक टुर नाम दिइएको उक्त कार्यक्रम आजबाट पब्लिक ग्राउण्ड धरानमा सुरु हुदैँछ। पर्सि सोमबार क्याम्पाचौर चितवन, मंगलबार मएन्फा स्टेडिएम बुटवल, विहीबार प्रर्दशनी केन्द्र पोखरा हुँदै मंसिर ३ मा बनेपा बसपार्क बनेपा पुगेर कार्यक्रम सकिनेछ।

एल्वाट्रोस युवाहरु माझ निकै लोकप्रिय समुह हो ।

करिब २ घण्टा सम्म चल्ने प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरु प्रस्तुत गर्नेछ । ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रम प्रति निकै आशावादी छन् र यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिने कुरामा विस्वस्त छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.