फिल्म ‘कान्छी’को ‘चरी चट्ट परी भुरुरु’ बोलको गीत सार्वजनिक(भिडियो)


अभिनेता दयाहाङ राई र अभिनेत्री स्वेता खड्का अभिनित फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ।

‘चरी चट्ट परी भुरुरु’ बोलको गीत बिहिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

गीतमा राजनराज सिवाकोटीको शब्द संगीत रहेको छ भने गायिका अन्जु पन्त र सिवाकोटीले स्वर दिएकी छन्।

सार्वजनिक गीतमा दयाहाङ र स्वेताको जोडी लोक गीत नृत्यमा प्रस्तुत भएका छन्।

फिल्मको निर्माण स्वेताले गरेकी छन् भने निर्देशन आकाश अधिकारीले गरेका छन्।

दयाहाङ र स्वेताको अलावा फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र भूमिका श्रेष्ठको अभिनय छ।

फिल्मको छयाँकन मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा गरिएको छ।

कार्यक्रममा २३ वर्ष अगाडिको फिल्म कान्छीका कलाकार शर्मिला मल्ल शिव श्रेष्ठलाई ‘कान्छी’ निर्माण यूनिटले सम्मान गरेको थियो।

गीत सार्वजनिक गर्दै स्वेताले एउटा राम्रो फिल्म दिने प्रयास गरिएको बताइन्।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ। फिल्मको रिलिज मिति माघको २६ गते हुने निर्माण पक्षले जनाएको छ।

हेर्नुस् गीत।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.