फिल्म ‘रज्जा रानी’को टिजर र रिलिज मिति सार्वजनिक


फिल्म ‘रज्जा रानी’ को टिजर र रिलिज मिति सार्वजनिक भएको छ। निर्माण यूनिटले २८ गते फिल्म रिलिज गर्ने तय गरेको छ। सार्वजनिक टिजरमा कलाकार नाजिर हुसेनलाई देखाइएको छ।

यम थापाले  निर्देशन गरेको फिल्ममा नाजिर हुसैनसँगै अभिनेत्री केकी अधिकारी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन्। साथै फिल्ममा कलाकार लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ।

आर्यन फिल्मस प्रोडक्सन’ मार्फत यूट्युबमा टिजर सार्वजनिक गरिएको हो। रमेश एमके पौडेलले फिल्म निर्माण गरेका छन्।

‘रज्जा रानी’मा ताराप्रकाश लिम्बुरदीपक शर्माको संगीत, पुरुषोत्तम प्रधाको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी छ।

हेर्नुस् टिजर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.