‘ऐश्वर्य’ को विशेष प्रदर्शनी


फिल्म ‘ऐश्वर्य’ को विशेष प्रदर्शनी सम्पन्न भएको छ। मंगलबार राजधानीको सिने डी सेफ हलमा आयोजित प्रदर्शनीमा सन्चारकर्मी र फिल्मक्षेत्रसम्बद्ध कलाकर्मीले फिल्म हेरे।

अभिनेता रमेश उप्रेती निर्मित फिल्मको प्रदर्शनीमा भुवन केसी, विराज भट्ट, भुवन चन्द, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुपा राणा, दिनेश डिसी, मुस्कान ढकाल, राजेन्द्र खड्गी, आकाश अधिकारी, रामकेशर बोगटी, हिमाल सागर, विश्व बस्नेत, भीमार्जुन आचार्य, पुष्करलाल श्रेष्ठ, सन्दीप क्षेत्रीलगायतको उपस्थिति थियो।

फिल्म हेरेपछि अधिकांशले फिल्म स्तरीय बनेको प्रतिक्रिया दिएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.