अनिल कपूर र छोरी सोनम पहिलोपटक एउटै फिल्ममा!


बलिउड अभिनेता अनिल कपूर र उनकी छोरी सोनम कपूर छिट्टै ठूलो पर्दामा एक साथ स्क्रीन सेयर गर्दै देखिने भएका छन्। दुवैले आफ्नो करिअरमा निकै हिट फिल्म दिएका छन्। अब छिट्टै बलिउडक वास्तविक बुवा छोरीको यो जोडी एक साथ फिल्ममा देखिने भएका हुन्।

खासमा निर्देशक विधु विनोद चोपडाको आगमी फिल्ममा बुवा छोरीले खेल्न साईन गरेका छन्। फिल्मको नाम ‘एक लड्कीको देखा तो ऐसा लगा’ राखिएको छ। तर उनीहरु फिल्ममा कस्तो भूमिका निर्वाह गर्दैछन् भनेर अहिलेसम्म कुनै जानकारी बाहिरीएको छैन।

फिल्मको नाम अनिल कपूरले खेलेको  एउटा फिल्मको लोकप्रिय गीतको बोलबाट राखिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार विधु चोपडाको यो निकै ठूलो प्रोजेक्ट हो। उनले एक कार्यक्रममा भने,‘एक लडकी को देखा तो ऐसा लगा मेरो लागि निकै ठूलो प्रोजेक्ट हो। र यस फिल्ममा अनिल कपूरले काम गर्न तयार भएको निकै राम्रो कुरा हो। खासमा अनिल र सोनम फिल्मको मूख्य भूमिकामा छन्।’

निर्देशकले नै बुवाछोरी फिल्मको मुख्य भूमिकामा भएको जानकारी दिए।

अनिलले सन् १९४२ मा फिल्म ‘लव स्टोरी’ मा विधुसँगै काम गरिसकेका छन्। उक्त फिल्ममा अनिल कपूरको साथमा अभिनेता ज्याकी श्राफ र अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिका निभाएका थिए।

यो फिल्मको कुरा गर्दा अहिलेसम्म फिल्मको स्क्रीप्टिङमै काम चलिरहेको छ। अब यो काम छिटै सकेर फिल्मको शुटिङ शुरु गर्ने तयारीमा फिल्मको निर्माण यूनिट जुटेको छ। तर अहिले भने विधु आफ्नो फिल्म ‘दत्त’को काममा व्यस्त छन्।

यस फिल्ममा रणवीर कपूर लिड रोलमा छन्। संजय दत्तको बायोपिकमा रणवीरले संजयको भूमिका निभाएका छन्।  फिल्म लगभग तयार छ। अब फिल्मको प्रचार प्रसार पनि छिट्टै हुनेछ। यसपछि विधु आफ्नो आगामी फिल्ममा व्यस्त  हुनेछन्।

सोनम र अनिलले सँगै अहिलेसम्म कुनै फिल्म गरेका छैनन्। तर सोनमको करिअरको लागि अनिलले धेरै मिहेनत गरेका छन्।

रणवीर कपूर र सोनम कपूरले सञ्जय लिला भन्सालीको फिल्म ‘सावरियाँ’बाट सँगै बलिउडमा डेब्यू गरेका थिए। जसमा सलमान खानले उनीहरुलाई साथ दिएका थिए।

फिल्मले सोचेजति सफलता पाउन नसकेपनि उनीहरुको जोडीलाई बलिउडमा निकै रुचाइएको थियो। उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् भन्ने हल्लाले उनीहरुले १० वर्षसम्म कुनै फिल्ममा सँगै काम गरेनन्। रणवीर कपूरको मूख्य भूमिका रहेको फिल्म ‘दत्त’मा सोनम भने विषेश भूमिकामा देखिने भएकी छन्।

तर करीब १० वर्षपछि मात्र यो जोडी फेरि स्क्रीनमा मूख्य भूमिकामा देखिन लागेका छन्। जसमा उनको बुवा अनिल कपूरले साथ दिनेछन्।

विधु विनोदको फिल्महरु प्राय बलिउडमा अमिट छाप छाड्ने भएकाले यो फिल्मको प्रतिक्षामा शुभचिन्तकहरु छन्। र बुवाछोरीको अभिनय एक साथ देख्न दर्शक निकै उत्साहित छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.