बहुप्रतिक्षित फिल्म ‘पद्ममावती’को ट्रेलर सार्वजनिक, २४ घण्टामै डेढ करोड बढी भ्यू


संजय लिला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘पद्यमावती’को ट्रेलर सार्वजनिक भएको छ। ९ अक्टोवर सोमबार दिउँसो १ बजेपछि सार्वजनिक ट्रेलरमा दीपिका, रणवीर र शाहिद तीनै जना आफ्नो भूमिकालाई न्याय गर्दै देखिएका छन्। सधैं हिरोको भूमिकामा देखिएका रणवीरलाई यस फिल्ममा भिन्न अवतार देख्न सकिन्छ। उनले नकरात्मक भूमिकामा निकै अलग देखिएका छन्।

३ मिनेट ९ सेकेण्डको ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टा भित्रै डेढ करोड भन्दा बढी पटक हेरिएको छ। मंगलबार बेलुकी ६ बजेसम्म फिल्मको ट्रेलरलाई १ करोड ६३ लाख ३६ हजार ३ सय २९ पटक हेरिएको छ।

ट्रेलरको अन्तिममा दीपिकाले बोलेको एक डायलगलाई निकै रुचाइएको छ। उनले भनेकी छन्, ‘राजपुतहरुको चुरामा उती नै शक्ति छ जति राजपुतहरुको तलबारमा छ।’

फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन्। फिल्मको कथा महारानी पद्यमावतीमा आधारीत छ र दीपिका फिल्ममा पद्यमावती रानीको भूमिकामा छिन्।

साथै शाहिद कपूर राजा रतन सिंहको भूमिकामा र रणवीर सिंह फिल्ममा अलाउद्दीन खिलजीको नकरात्मक भूमिकामा छन्।

यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ। फिल्मलाई संजय लिला भन्सालीले निर्देशन गरेका छन्। अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए।

कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।

यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्। हालै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको थियो। जसलाई दर्शकले निकै रुचाएका थिए।

हेर्नुस ट्रेलर।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.