बलिउड गायक जुबीनलाई ६ महिना जेल सजाय

बलिउड गायक जुबीनलाई ६ महिना जेल सजाय


बलिउड गायक तथा संगीतकार जुबीन गर्गलाई एक नाबालिग बच्चालाई सार्वजनिक रुपमा थप्पड हानेको विषयमा ६ महिनाको जेल सजाय सुनाइएको छ।

३ वर्षअघिको मुद्दामा भारतको गुवाहटीको तल्लो अदालतले गर्गलाई ६ महिनाको सजाय सुनाएको हो।

उनीमाथि ३ वर्ष अगाडि एक नाबालिग बच्लालाई सार्वजनिक स्थलमा थप्पड हानेको आरोप लागेको थियो। पीडितको पिता अरुप बोरबोरा एक वरिष्ठ वकिल हुन्। उनले प्रहरी सामु जुबीन बिरुद्ध उजुरी दिएका थिए।

यस मुद्दाको सुनुवाई ६ महिना अगाडी नै हुने थियो तर जुबीन बिरामी भएको कारण अहिले फैसला भएको छ।

शुक्रबार अदालतले उनालाई दोषी मानेको छ। तर जुबीनको वकीलले उच्च अदालतमा जाने बताएका छन्।

फिल्म ग्याङस्टारमा या अली रहेम वाली गीतबाट उनले बलिउडमा स्थान बनाएका थिए। त्यसपछि उनी बलिउडमा सक्रिय छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.