अमिताभ बच्चनले आफ्नो ७५ अौं जन्मदिन नमनाउने


बलिउडका महानायक अमिताभ बच्चनले यसपटक आफ्नो ७५ औं जन्मदिन र तिहार नमनाउने बताएका छन्। ११ अक्टोवरबाट अमिताभ ७५ वर्षको हुनेछन् तर उनले यस वर्ष आफ्नो जन्मदिन नमाउने निर्णले सबै फ्यान निरास भएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले एक पोष्ट गर्दै यसबारे जानकारी दिएका हुन्। अमिताभले जन्मदिन र तिहार के कारणले नमनाउने भने उल्लेख गरेका छैनन्।

यस वर्ष बुहारी ऐश्वर्याको बुवाको निधन भएको थियो। यही कारण उनले आफ्नो जन्मदिन र तिहार नमनाउने निर्णय भएको अनुमान लगाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.