आमिर खान फेरि नयाँ भूमिकामा!

आमिर खान फेरि नयाँ भूमिकामा!


बलिउड स्टार आमिर खानको परिचय अभिनेताको रूपमा मात्र सीमित छैन। उनी सामाजिक विषयवस्तुमा पनि गहिरो चासो लिने अभिनेता हुन्। यसैकारण उनको फिल्महरुमा समाजका विभिन्न लुकेका तर यथार्य सत्य बोकेका घटनाको कथा पाइन्छ।

यसपटक आमिर खान फिल्म ‘सिक्रेट सुपरस्टार’ लिएर आउँदै छन्। महिला शसक्तिकरणको विषय उठाइएको उनको फिल्म ‘दंगल’ खुबै रुचाइएको थियो।

आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण अद्वैत चन्दनले निर्देशन गरेको यस फिल्ममा भारतीय सामाजमा व्याप्त मुद्दाहरू उठाइएको बताइएको छ।

फिल्ममा गायक बन्न चाहने एक बालिकाको कथा समेटिएको छ। ५२ वर्षका आमिर खानले फिल्ममा संगीतकारको भूमिका निर्वाह गरेका छन्।

अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.