आमिर खानले किन भेटे टर्कीका राष्ट्रपति अर्दोआनलाई?


बलिउड स्टार आमिर खानले टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनसँग भेट गरेका छन्। टर्कीको राष्ट्रपति कार्यलयमा उनीहरुबीच भेट भएको हो।

आमिर खान यस बेला आफ्नो आगमी फिल्म ‘सिक्रेट सुपरस्टार’को प्रमोसनको लागि टर्कीमा छन्।

उनी पछिल्लो हप्ता इस्तानाबुल पुगेका थिए। शनिबार टर्कीको राष्ट्रपति कार्यलयको आधिकारीक ट्वीटर ह्याण्डलबाट राष्ट्रपति र आमिरको तस्वीर पोष्ट भएको छ।

जसमा उनीहरु हात मिलाउँदै देखिएका छन्। ट्वीटरमा लेखिएको थियो, ‘राष्ट्रपति अर्दोआन आमिर खानको राष्ट्रपति परिसरमा स्वागत गर्दै।’ यस भेटलाई शिष्टाचार भेट मानिएको छ।

आमिरको फिल्म ‘सिक्रेट सुपरस्टार’ २० अक्टोवरमा रिलिज हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.